– श्रीकान्ता कुमार गुप्ता
बारा २७ चैत । विश्व प्रसिद्ध धार्मिक ऐतिहासिक एवं पर्यटकीय स्थल बाराको महागढीमाई नगरपालिका बरियारपुर स्थित गढीमाई मंन्दिरमा जथाभावी काम गर्नेलाई कुनै किसिमको कारवाही नगर्दा परिसरमै फोहर बढेको छ ।
मन्दिर परिसर भित्री दर्शन गर्ने आएका यात्रुहरु र स्थानीय वासीले जुताचपल लगाएर घुमदा कुनै किसिमको डण्ड जरिवाना नगरिने कारणले गढीमाई मंन्दिरमा फोहर बढेको छ । दर्शन गर्ने आएका यात्रु र स्थानीयहरुले मंन्दिरको परिसर भित्री जुताचपल लगाएर खुला रुपले घुमि रहेको र मंन्दिरको परिसर भित्र बसेर शिखर गुट्खा धूम्रपान गाजा नशालु जस्ता पदार्थ सेवन गरेको पुजारी कपिलदेव चैधरी दुखेसो गरेका छन
गढिमाई पोखरीलाई निर्मल पोखरी भनिन्छ । बाहिरबाट आएका भक्तजनहरुले पोखरीको पानीलाई अम्रितको रुपमा लिएर गढीमाईको मंन्दिरमा जलको रुपमा प्रयोग गरिन्छ । तर स्थानियबासिले नर्क बनाएर राखिएको पुजारी चौधरी बताए ।
पोखरीमा जथाभावी पराल भुसा पलास्टीक कागज अनावसयक पदार्थहरु फ्याकिने गरेका छन साथै कतिपयले पोखरीमै भाडा कपडा धुने काम गरेर पोखरीको पानीलाई फोहर बनाउने गरेका छन ।
यस्ता क्रियाकलाप ट्रस्ट समिती र प्रहरी प्रशासनको अगाडी नै हुने गरेको भए पनि उनीहरु चुपलागेर आफ्नो दायित्व बिर्सिरहेका छन मंन्दिर ब्यवस्थापन समिति र प्रहरी प्रशासनको चरम लापरवाहीले मंन्दिर फोहर अवस्थामा रहेको छ ।
मंन्दिर ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र साहले भने कति पटक आग्रह गरिसकेको छु तर उनीहरु मान्न तयार नभएको छा पार्टी गतहिसाबले तनासाही रहने गर्छ । मंन्दिरको छेउछामा मिठाइ पसल खोलेका स्थानीयले मिठाइ बनाएर खालिभएको भाडा पोखरीमा धुने साहले बताउनु भए । त्यसैले स्थानीय बासिको कारणले मंन्दिर फोहरो अवस्थामा रहेको छ ।
नेपालको नयाँ सविधानमा सार्बजनिक सम्पति संरक्षण एन २०७२ मा सर्बजनिक सम्पत्ति नस्ट गर्ने माथि मुदा दयारा गरी करवाही गर्न ब्यवस्था गरिएको छ । तर हाल यसको आधारमा गढीमाई मंन्दिर फोहर गर्ने माथी अदालतमा कुनै किसिमको मुदा दयारा गरिएको छैन ।













प्रतिक्रिया