काठमाडौं, २६ चैत । आईएमई लिमिटेडले क्योदाई रेमिटेन्स, जापानसँगको सहकार्यमा ल्याएको ‘घर जाने हर्ष’ योजना अन्तर्गत पहिलो साताको विजेता घोषणा गरेको छ ।
पहिलो साताको विजेतामा क्योटो जापानमा रहेका विजय श्रेष्ठ सफ्टवेरद्वारा सन्चालित गोलाप्रथाबाट छनोट हुनुभएको हो । योजना अनुरुप अप्रिल ५ मा आईसीएनः ९४९६६३४७५८९ को ट्रान्जक्सन गर्नुभएका श्रेष्ठले जापान–नेपालका लागि एउटा राउन्ड ट्रिप टिकेट जित्नुभएको छ ।
आईएमई लिमिटेडले क्योदाई रेमिटेन्स, जापानसँगको सहकार्यमा नेपाली नव वर्ष २०७३ को उपलक्ष्यमा आफ्ना सेवाग्राहीहरुका लागि अप्रिल १ देखी लागु हुने गरी ३ महिने योजना ल्याएको हो ।
यस योजना अन्तर्गत जापानबाट नेपाल आईएमई गर्नुहुने सबै सेवाग्राहीहरुले साप्ताहिक लक्की ‘ड्र’ मा सहभागी भई हरेक हप्ता जापान–नेपालका लागि रोउन्ड ट्रिप टिकेट जित्न सक्नेछन् ।















प्रतिक्रिया