काठमाडौं, १६ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा चुस्त सुरक्षा मिलाउन सुरक्षा अधिकारीहरूको टोलीले बिहीबार राष्ट्रपतिभवन शीतल निवासदेखि बौद्धस्थित हायात रिजेन्सी होटेलसम्मको रेकी (भ्रमणस्थल निगरानी) गरेको छ।
नेपाली सेनाका भीभीआई सुरक्षा प्रमुख, नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीआईजी तहका अधिकृतसहित मोदीका निजी सुरक्षाकर्मी सामेल रेकी टोलीले भीभीआईपी हिँड्ने बाटो, बस्ने आसन र द्विपक्षीय वार्ता हुने बैठक कक्षको समेत अध्ययन गरेको हो।
यस क्रममा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरस्थित संसद् भवन र त्यसवरपरको सुरक्षा अवस्थाबारे पनि अध्ययन गरियो।
टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटेलसम्मको सुरक्षा अवस्थाको पनि स्थलगत अध्ययन गर्ने भएको छ।
गृह मन्त्रालय स्रोतका अनुसार त्रुटिरहित सुरक्षा व्यवस्थाका लागि रेकी कार्य दोहोर्याइनेछ भन्ने समारचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।















प्रतिक्रिया