२९ आश्विन २०८३, बिहिबार

सत्तारुढ दलहरू नै सरकारका आलोचक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-koirala-Bamdev-Gautamकाठमाडौं, १६ साउन । व्यवस्थापिका संसदको बिहीबारको बैठक भर्खर सुरु हुँदै थियो। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेता धनराज गुरुङले ढ्यापढ्याप समयमा खेलकुद क्षेत्रको अस्तव्यस्त अवस्थाप्रति सरकारको आलोचना गरे।

‘खेलकुद क्षेत्र बढो अस्तव्यस्त छ,’ उनले भने, ‘असोज ३ देखि हुने १७ औं एसियाली खेलकुद विवादका कारण प्रभावित हुने अवस्था छ। यसमा सरकारले बेलैमा ध्यान दिनुपर्यो।’

यो त एउटा उदाहरण मात्र हो। सत्तारुढ दलकै सभासदले सरकारी कामकारबाहीको आलोचना गरेको यस्तो परिदृश्य व्यवस्थापिका संसदको बैठकमा हरेक दिनजसो देखिन्छ।

संसदीय व्यवस्थामा सत्तारुढ दलका सभासद सामान्यतया सरकारका कामकारबाहीमा सहयोगी हुन्छन् भने प्रतिपक्षीलाई वैकल्पिक सरकारका रूपमा लिइन्छ। प्रतिपक्षीले सरकारका कामकारबाहीको आलोचना गर्दै थप उत्तरदायी बनाउन भूमिका खेल्ने गर्छ। नेपालको सन्दर्भमा भने यस्तो कम देखिन्छ।

बहुमतको होस् या गठबन्धन सरकार, सबैभन्दा पहिले सत्तारुढ दलकै नेताहरू सरकारी कामकारबाहीको विपक्षमा उभिन्छन्। अघिल्ला सरकारमात्र होइन, वर्तमान सरकार पनि यसबाट अछुतो छैन भन्ने समाचार आजको नागरिक दैनिकले छापेको छ।

संयुक्त सरकारको योजनादेखि नीति तथा कार्यक्रम, बजेटमाथिको सैद्धान्तिक छलफलदेखि विभिन्न मन्त्रालयमा भएका कामकारबाहीबारे सत्तारुढ दलका नेताहरूले नै बढी विरोध र आलोचना गरेका छन्। बरु प्रमुख प्रतिपक्षी दल यी विषयमा मौन रहँदै आएका छन्।