२९ आश्विन २०८३, बिहिबार

भारतप्रति नरम बन्दै दलहरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koiralaकाठमाडौं, १६ साउन । प्रमुख दलहरुबीच विदेश नीतिका आधारभूत विषयमा साझा अवधारण बनाउन सकरात्मक देखिएका छन् ।

यसअघि मुलुको हितका लागि फरकफकर धारणा राख्ने दलहरु यसपटक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका सन्दर्भमा भने निकट देखिएका छन् ।

प्रमुख दलका नेताहरुले मुलुको हितमा न्युनतम साझा अवधारणा बनाएर जानुपर्नेमा सहमत देखिएका छन् । यसले आगामी दिनमा विदेशी नीतिमा साझा अवधारणा बनाउन टेवा पुर्‍याउने नेताहरुको भनाइ छ ।

सरकारको नेतृत्व गरिसकेका कांग्रेस, एमाले र एमाओवादीका वरिष्ठ नेताहरुले प्रमुख राजनीतिक दलबीच न्युनतम साझा अवधारणा नबन्दा विदेश नीतिमा उतारचढाव आएको बताएका छन्।

मोदीको नेपाल भ्रमणका सन्दर्भमा प्रधानमन्त्री सुशील कोइरालाले प्रमुख दलहरुको सहमतिको प्रयास गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । प्रमुख प्रतिपक्ष दल एमाओवादीले नेपालको हितमा हुने गरी सम्झौता गर्नुपर्ने औपचारिक निर्णय गर्‍यो ।

पूर्व प्रधानमन्त्री एबं एमाले वरिष्ठ नेता झलनाथ खनालले बिगतमा दलहरुबीच विदेश नीति तय गर्दा न्युनतम साझा सहमति नभएकै कारण समस्या उत्पन्न भएको अनुभव सुनाए ।

उनले साझा नीति नभएकै कारण छिमेकी देश वा अन्यसंगको सम्बन्धमा समस्या आउने गरेको बताए । ‘हामी राष्ट्रिय हितका बिषयमा एक ठाउँमा उभिनै पर्छ । किनकी मुलुको सुरक्षा, दीर्घकालीन विकास, र छिमेकीसंग हुने सम्वन्धमा पनि दलहरुबीच सहमति हुन आवश्यक छ’ उनले भने, ‘बिगतमा हामीबीच एकरुपता नहुदा वैदेसिक चलखेलका कुरा पनि भए ।’