– विजय थापा
वाशिंगटन डिसी । पेशाले चिकित्सा विज्ञानका विद्यार्थी । अविरल रुपमा कलम चलाउन सौकिन तथा अभिरुचि भएका नेपालको धादिङ जिल्ला घर भै लामो समयदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका राजन थपलियाले बिश्व प्रसिद्ध पत्रिका हफिंगटन पोस्टमा लेखकको रुपमा प्रवेश गरेका छन् ।
उनी सामाजिक संजालमा यत्रतत्र सर्बत्र छाएका छन । थपलियालाई अमेरिकामा चिनारीको आवस्यक नपर्ला । उनी असल तथा सफल लेखक पनि हुन् ।
कलम नघुमाई उनलाई खाना पनि पच्दैन । समय व्यवस्थापन गर्दै अध्ययन र लेख्न साईत जुराई हाल्छन ।
नेपाली भाषामा भन्दा ज्यादा अंग्रेजी भाषामा राम्रो दखल भएका कारण उनी प्रतिष्ठित हफिंगटन पोस्टमा लेखकको हैसियतमा आफ्नो कार्य गर्न थालेका हुन् ।
गत मार्च २९ तारिखमा लेखक भै काम सुरु भए यता उनका ६ वटा लेख प्रकाशित भै सकेका छन । नेपाली राजनीतिमा नेतृत्व संकट भन्ने लेख पहिलो प्रकाशित भएको छ ।
उनका लेख हफिंगटन पोस्टमा गएर पढ्न सकिन्छ । अमेरिकामा बिश्व प्रसिद्ध संचार माध्यममा लेखकको रुपमा नेपाली मुलक नेपालीले प्रवेश पाउनु ठूलो कुरा मानिन्छ ।
लेखक थपलिया नेपाल र नेपालीको लागि प्रेरणाको श्रोत बनेका छन । उनले बिदेशी माटोमा नेपालीहरुको प्रतिष्ठा वृद्धि गरि दिएका छन् ।
हफिंगटन पोस्ट बिश्वकै लोकप्रिय तथा सशक्त संचार माध्यम मानिन्छ । ईबिजएमबिए दर्जा अनुसार बिश्वको तेस्रो ठूलो संचार माध्यम भएको उल्लेख गरेको छ ।
काठमाडौंबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि परिवारसंगै अमेरिका आएका थपलिया अमेरिकाको न्युयोर्क कलेज अफ पोडयाट्रिक मेडिसिनमा डाक्टर अफ पोडयाट्रिक मेडिशन डीपीएम ६ वार्षिय कोर्सको तेस्रो वर्षमा अध्ययन गरिरहेका छन् ।
केही समय अगाडि उनले आफ्नो नयाँ कृति “रिज्वाइस् – २” पुस्तक प्रकाशित गरेका थिए । अंग्रेजी भाषामा कलम चलाउने थपलियाको रिज्वाइस् – २ १०औ कृति हो ।















प्रतिक्रिया