३० आश्विन २०८३, शुक्रबार

दुबईमा पाँच नेपालीलाई बीस करोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sunaina Raiदुबई । वैदेशिक रोजगारीका शिलशिलामा दुबई आएका नेपाल पाँच जनाले यूएईको ‘बिग टिकट’ भाग्यशाली चिठ्ठामा झण्डै बीस करोड नेपाली रुपैयाँ प्राप्त गरेका छन् ।

बिग टिकट किन्ने अन्तिम दिन मार्च ३१ तारिक लिइएको ४५८८७ नम्बरको भाग्यशाली टिकटमा ७ मिलियन दिराम्स अर्थात २० करोड नेपाली रुपैयाँ भाग्यशाली चिठा दार्जिलिङकी सुनयना राईको नाममा परेको हो ।

काठमाडौंका सुनील लामासहित झापाकी उशा थापा मगर, आशा थापा मगर र मिना राई मिलेर किनेको टिकटमा यो पुरस्कार परेको छ । पाँच जना नेपाली मिलेर ५ सय दिराम्समा चिठ्ठा किनेका थिए ।

प्राप्त रकम प्रतिव्यक्ति चार–चार करोड नेपाली रुपैयाँ प्रतिव्यक्ति भाग लगाउने राईले बताएकी छिन् ।