१ कार्तिक २०८३, आइतबार

ई-रिक्सा निर्वाध रुपमा चल्नुपर्छः मन्त्री बोहोरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deepak-Bohara

बुटवल, २५ चैत । श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले लुम्बिनी अञ्चलमा विद्युतीय रिक्सा दर्ता नभएको बारेमा मन्त्रिस्तरमा छलफल गर्ने बताएका छन् ।

उनले सरकारले समेत वातावरणमन्त्री विद्युतीय रिक्साको प्रबद्र्धन गर्ने निति लिएको अवस्थामा लुम्बिनी अञ्चल यातायात व्यवस्था कार्यालय बुटवलमा दर्तामा गरिएको अवरोध फुकाउनका लागि मन्त्रिपरिषदमै छलफल गर्न तयार रहेको बताए ।

लुम्बिनी ई-रिक्सा यातायात व्यवसायी संघ रुपन्देहीको प्रथम बार्षिक साधारणसभा तथा प्रथम अधिवेशनलाई विहिबार देवदहमा सम्बोधन गर्दै मन्त्री बोहोराले यस्तो बताएका हुन ।

उनले आफु इरिक्साको पक्षमा रहेको भन्दै अन्य निकायमा दर्ता हुँदा बुटवलमा दर्ता नहुनु गम्भिर त्रुटि रहेको बताए । बेराजगारी समस्याले आक्रान्त भएको देशमा स्वरोजगार र आत्मनिर्भर बनाउने विद्युतीय रिक्सा सञ्चालन हुनुपर्ने उनको भनाई छ । ‘एउटै देशमा दुई वटा नियम हुनै सक्दैन’ मन्त्री बोहोराले भने –‘तपाईहरु आउनुस म यातायातमन्त्रीसँग कुरा गराएर मन्त्रिस्तरमै छलफल गराउँछु ।’

मन्त्रि बोहोराले नेपालमा श्रमशक्ति विदेशिरहेको अवस्थामा यो व्यवसायले स्वदेशमै आत्मनिर्भर हुन सहयोग गरेको बताए । उनले अहिले विदेशमा घरेलु कामदारको रुपमा महिलालाई पठाउन रोक लगाएको समेत बताए । पारिश्रमिक र सुरक्षाको हिसाबले घरेलु कामदारका रुपमा जाने नेपाली चेलीहरुले दुःख पाएकाले अहिले जान रोक लगाएको उनको भनाई । साथै उनले श्रम ऐन समेत आउने अन्तिम तयारीमा रहेको बताए ।

कार्यक्रममा पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक प्रकाश अधिकारीले वातावरणमैत्री इरिक्साको आवश्यकता रहेको भन्दै व्यवस्थपनका लागि स्थानीय निकायहरु संवेदनशिल हुने बेला आएको बताए । लुम्बिनी अञ्चल यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख देविराम भण्डारीले विद्युतीय रिक्साको विपक्षमा कार्यालय नरहेको स्पष्ट पार्दै इरिक्सा व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्छ भन्ने मान्यतामा रहेको बताए ।

कार्यक्रममा संघले विद्युतीय रिक्साको क्षेत्रमा सञ्चारमाध्यम मार्फत सहयोग गरेको भन्दै तीन जना पत्रकारलाई सम्मान गरेको छ । एभिन्यूज टेलिभिजनमा कार्यरत दामोदर खनाल, कारोबार दैनिक र लुम्बिनी दैनिकमा कार्यरत टिआर शर्मा र रेडियो जागरण तथा खस्यौली साप्ताहिक र दैनिकपत्रमा कार्यरत विनोद परियारलाई संघले सम्मान गरेको हो ।

यसैगरि इ–रिक्सा पहिलोपटक नेपाल भित्र्याउने व्यक्ति मकवानपुर हैटौडा विजय हमाल ठकुरी, पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रकाश अधिकारी सहित इरिक्सा व्यवसायीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख गणेशप्रसाद घिमिरे, उद्यमशिल यातायात मजदुर तथा व्यवसायी भलाई कोषका अध्यक्ष मोहन भुसाल, लुम्बिनी इ–रिक्सा व्यवसायी संघका अध्यक्ष केशवराज राना, महासचिव प्रेम थापा मगर लगायतले बोलेका थिए ।