१ कार्तिक २०८३, शनिबार

आइएसले हान्यो रकेट, शरणार्थीस्थल ध्वस्त

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Isi-ladaku

इस्तानबुल, २५ चैत । सिरियाको सीमा क्षेत्रमा रहेको टर्कीज सहरमा सिरियातर्फबाट इस्ला मिक स्टेट्स(आइएस) जिहादीहरुले गरेको रकेट प्रहारबाट तीन व्यक्ति घाइते भएका छन् ।

सो रकेट टर्कीको मध्यसहर किलिस्मा प्रहार गरिएको बताइएको छ । टर्कीको समाचार संस्था डोगानका अनुसार सो रकेट सिरियाली शरणार्थीहरुले शरण लिइरहेको एक शरणार्थीस्थलका प्रहार भएको थियो ।

घाइते भएका तीन मध्ये दुई सिरियाली शरणार्थी नै रहेका जनाइएको छ ।

गत मार्चमा पनि एक विद्यालयलाई लक्ष्यगरी आइएस आतङ्ककारीले गरेको रकेट प्रहारबाट एक चार बर्षीया बालक मृत्यु हुनुको साथै अन्य एक छात्रा घाइते भएका थिए । रासस/एएफपी