१ कार्तिक २०८३, आइतबार

उर्जा, कृषि र पर्यटनमैत्री बजेट ल्याइनेः अर्थराज्यमन्त्री भण्डारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mantri damodar bhandari

– सुदीप अधिकारी
बर्दिया, २५ चैत । अर्थराज्यमन्त्री दामोदर भण्डारीले आगामी बर्षका लागि उर्जा, कृषि र पर्यटनमैत्री बजेट ल्याईने बताएका छन् ।

मदन भण्डारी फाउण्डेशन बर्दियाको भेलालाई बिहीबार सम्बोधन गर्दै अर्थराज्यमन्त्री दामोदर भण्डारीले नेपालमा उर्जा, कृषि र पर्यटनको प्रवल सम्भावना भएकोले आगामी बर्षका लागि उर्जा, कृषि र पर्यटनमैत्री बजेट ल्याइने बताएका हुन् ।

मन्त्री भण्डारीले आगामी बजेटले कृषकका बाँझा जमिनहरु सिंचित हुने र अध्यारा बस्तीहरुमा उज्यालो छाउने समेत दावी गरे । नेपालको पश्चिम तराई साँच्ची नै उपेक्षीत रहेको बताउँदै विगतको बजेटमा विभिन्न समाज र क्षेत्र विभेदमा परेको भएपनि अब त्यस्तो नहुने भन्दै अबको बजेटले सम्पुर्ण क्षेत्र, समाज र ठाउँका समस्यालाई सम्बोधन गर्ने गरी ल्याउने तयारी भैरहेको बताए ।

आगामी बजेटलाई छरेर होईन केन्द्रित गरेर लैजाने उद्घोष गर्नुहुँदै मन्त्री भण्डारीले एउटा जिल्लामा पाँच सात ओटा ठूला विकास निर्माणका योजना संचालन गरी देखिने गरी जिल्ला र जनताको मुहार नै परिवर्तन हुने बजेट ल्याउँने समेत दावी गरे ।

विकास निर्माणको अवस्था बुझ्न बर्दिया आउनुभएका अर्थराज्य मन्त्री दामोदर भण्डारीले आजै मदन भण्डारी फाउण्डेशन बर्दिया कार्यालय समेत उद्घाटन गरेका थिए । यसैबीच अर्थराज्यमन्त्री भण्डारीसमक्ष बर्दियाका बाढीपिडीतले पुनर्स्थापनाको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।