सिड्नी, २५ चैत । अस्ट्रेलियामा १७ महिने एक नेपाली बालकको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।
सिड्नी नजिकै पर्ने न्युथ साउथ वेल्स राज्यको अउबर्न भन्ने ठाउँमा १७ महिने नेपाली बालक श्रेयन थापाको एउटा कारले ठक्कर दिँदा मृत्यु भएको हो ।
हजुरआमासँग फुटपाथमा हिँडिरहेका नाबालक थापालाई कारले ठक्कर दिएको हो । म्यारिअन स्ट्रिटमा भएको दुर्घटनामा कार फुटपाथ हुँदै पर्खालसम्म जोतिएको थियो ।















प्रतिक्रिया