
काठमाडौं, २५ चैत । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले १२ पदका लागि आवेदन माग गरेको छ । वरिष्ठ सहायकदेखि प्रशिक्षण तथा अनुसन्धान अधिकृतसम्मका पदमा प्रतिष्ठानले आवेदन माग गरेको हो ।
प्रतिष्ठानले विदेशी मुलुकको पिआर, ग्रिनकार्ड भएका व्यक्तिले आवेदन दिन नपाउने व्यवस्था गरेको छ । प्रशिक्षण तथा अनुसन्धान अधिकृतमध्ये ४ खुलाबाट तथा १ महिला, १ आदिवासी जनजाति, १ दलित आरक्षणबाट पदपूर्ति गरिने भएको छ ।
त्यसैगरी २ वरिष्ठ सहायक खुलातर्फ एवम् एक मधेसी आरक्षणबाट पनि आवेदन माग गरिएको छ । दुई प्रशिक्षण तथा अनुसन्धान अधिकृत आन्तरिकबाट बढुवा गरिने प्रतिष्ठानले जारी गरेको सूचनामा उल्लेख छ ।
नीतिगत प्रशासनिक अनुसन्धान तथा सरकारी कर्मचारीलाई तालिम दिने प्रतिष्ठानको तलव सुविधा सरकारी स्केलभन्दा झन्डै दोब्बर रहेको छ ।
प्रशिक्षण तथा अनुसन्धान अधिकृतका लागि व्यवस्थापन वा विकास विषयमा डिस्टिङ्सनसहित प्रथम वा विश्वविद्यालय स्तरमा प्रथम वा द्वितीय भएकाहरुले आवेदन गर्न सक्ने जनाइएको छ ।
















प्रतिक्रिया