काठमाडौं, २५ चैत । फ्रान्समा विहीबारदेखि वेश्यावृति सम्बन्धि नयाँ नियम लागु भएको छ ।
त्यहाँको संसदले वेश्यावृत्तिलाई अवैध बनाउने कानुन पारित गरेको हो । जसअनुसार अब पैसा तिरेर अथवा लिएर सेक्स गर्न पाइनेछैन् ।
यदि कसैले यौन सम्बन्ध राख्नका लागि पैसा तिरे त्यो गैरकानुनी हुनेछ । यस्तो क्रियाकलापमा संलग्न भएकाले लगभग ४ हजार २ सय डलर जरिवाना तिर्नुपर्ने हुन्छ । यस्तै त्यस्ता व्यक्तिले वेश्याहरूले भोग्नुपर्ने कठिनाईहरुका बारे कक्षा पनि लिनुपर्ने नयाँ कानुनमा उल्लेख गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आजै पारित भएको कानुनको संसद-भवन बाहिर विरोध पनि भएको थियो । यो नयाँ कानुनले फ्रान्समा रहेका ३० देखि ४० हजार वेश्याको जागिर खोसिएको छ ।
















प्रतिक्रिया