२९ आश्विन २०८३, बिहिबार

नाटक गर्दागर्दै दुई छात्राको घाटी काटिएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sweeny-todd

एजेन्सी । न्यूजिल्याण्डको एक स्कुलमा नाटक गर्ने क्रममा दुई छात्राको घाटी काटिएको समाचार छ ।

उनीहरुलाई तुरुन्तै अस्पताल भर्ना गरिएको छ । स्कुलमा नाटक (SWrrney Todd; The Demon Barber of Fleet street) को मञ्चन भइरहेको थियो । यो संगीतमय नाटकमा एक हत्यारा नाई(कपाल काट्ने मान्छे)को कथामा आधारित थियो जो रेजर (ब्लेड)बाट पीडितको घाटी काटिदिएका थिए ।

बुधबार राति यसै नाटकको मञ्चनका क्रममा दुई छात्रा घाइते भएका हुन् । न्यूजिल्याण्डको हेराल्डको रिपोर्ट अनुसार घाइते दुबै छात्रालाई आकल्याण्ड अस्पतालमा भर्ना गरिएको छ । अस्पतालका अनुसार दुबैको घाटीमा गहिरो घाउ छ । एकको अवस्था गम्भीर छ ।

सेन्ट केन्टीजन्र्स हेड अफ कलेज स्टीव कोलले भनेको छ कि हामी यो घटनामा निकै दुःखी छौं । स्कुलले यो घटनाको छानविन गरिरहेको छ ।