१६ कार्तिक २०८३, सोमबार

कैलालीका विश्वकर्मा लागुऔषधसहित मोरङमा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pakrauविराटनगर, २५ चैत । मोरङमा आज लागुऔषधसहित एकजना पक्राउमा परेका छन् ।

कैलाली जिल्लाको सुगरखाल–९ बस्ने ३६ वर्षीय दीपक विश्वकर्मालाई पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

लागुऔषध ब्युरो मोरङको प्रहरी टोलीले विराटनगर–१८ मा चेकजाँच गर्दा उनको साथबाट लागुऔषध स्पास्मोप्रोक्सिभन २८८ चक्की, नाइट्रोसन १०० चक्की र छ थान कोरेक्स बोतल बरामद भएको हो । रासस