१ कार्तिक २०८३, शनिबार

भियतनामी प्रधानमन्त्री दुङ पदमुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prime-minister-nguyen-tan-dung-the-prime-minister-made-the-comment-at-a-recent-online-meeting-between-the-government-and-localities-on-december-24-1337227-thu-tuong-cba43हानोई (भियतनाम), २५ चैत । भियतनामका प्रधामन्त्री गुयेन तान दुङ प्रधामन्त्रीको जिम्मेवारीबाट बुधबार पदमुक्त हुनुभएको छ ।

भिएतनामको ‘नेशनल एसेम्ली’ (एनए)को जारी ११औँ बैठकले प्रधानमन्त्री गुयेनलाई अविश्वासको मतद्वारा हटाउने निणर्य गरेको हो ।

संसद्को ४८६ सदस्य सङ्ख्यामध्ये ४१८ जनाले गुयेनलाई हटाउने राष्ट्रपति ट्रान दाई कुयाङको प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

यसैबीच, राष्ट्रपति कुयाङद्वारा नयाँ प्रधानमन्त्रीका लागि बुधबार नै आह्वान गर्नुभएपछि उक्त पदका लागि भियतनाम कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा वर्तमान मन्त्रिपरिषद्का उपप्रधानमन्त्री गुयेन सुआन फुकले मात्रै आवेदन दिनुभएको छ ।

उहाँलाई बिहीबार बस्ने संसद् बैठकले मतदान गरी प्रधानमन्त्रीका रूपमा निर्वाचित गर्नुपर्नेछ । सिन्ह्वा