
नवलपरासी, २४ चैत । मोटरसाइकल दुर्घटनामा एमाले नवलपरासी क्षेत्र नं. ३ का सल्लाहकार पिताम्बर पौडेलको मृत्यु भएको छ ।
बुधबार बिहान बिहान पौने ११ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट–४ सिर्जना चोकमा स्कुल बसले मोटरसाइकलाई ठक्कर दिँदा पौडेलको मृत्यु भएको हो ।
पश्चिबाट पूर्वतर्फ गुडिरहेको होली केयर स्कुलको लु१ख ४४९८ नंकोसोही दिशातर्फ जाँदै गरेको लु६प ५०३४ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
स्कुल बसको ठक्करबाट बर्दघाट–३ घर भएका ६१ वर्षीय सल्लाहकार पौडेलको मृत्यु भएको हो ।
पूर्वशिक्षकसमेत रहेका पौडेलको मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस












प्रतिक्रिया