झलारी(कञ्चनपुर), २४ चैत । मदन भण्डारी मेमोरियल कलेज नया बानेश्वर काठमाडौंको सहयोगमा कञ्चनपुरका तिन विद्यालयलमा शुद्ध पिउने पानीका लागि पानी शुद्धिकरण गर्ने आधुनिक फिल्टर वितरण गरिएको छ ।
विद्यालयमा अध्यनरत विद्यार्थी तथा शिक्षकहरुको स्वास्थ्यको ख्याल गर्दै झलारीपिपलाडी नगरपालिकाको कृष्ण वैजनाथ वहुमुखी क्याम्पस झलारी, कालिका माध्यमिक विद्यालय असैना र बैजनाथ निम्न माध्यमिक विद्यालय पारीफाँटालाई नेकपा एमालेका जिल्ला सदस्य टेक बहादुर हमालले एक कायक्रमकाबीच बुधबार फिल्टर हस्तान्तरण गर्नुभएको हो ।
विद्यालयका बालबालिकाहरु आर्सनिकयुक्त पानी पिउने गरेकोले उनीहरुको स्वास्थलाई पानिजन्य रोगबाट म्याक्रोनको सो फिल्टरले दुषित पानीका कारण फैलन सक्ने रोगबाट जोगाउन उपयोगी हुने बताइएको छ ।
फिल्टर वितरण गरिसकेपछि जिल्ला सदस्य हमालले फिल्टर प्रयोग गर्ने विधिका बारेमा बताउनुभएको थियो । यो फिल्टर प्रयोग गर्दा कुनै पनि समस्या नहुने उहाँले बताउनुभयो । फिल्टर पाएपछि शिक्षकहरुले खुशी हुँदै दाताहरुलाई धन्यवाद दिएका थिए ।













प्रतिक्रिया