२९ आश्विन २०८३, बिहिबार

घाँस लिन जाँदा भीरबाट खसेर एमाओवादीका पूर्व जिल्ला प्रमुखको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi Flag

कालीकोट, १५ साउन । नेकपा–माओवादी कालीकोटकी पूर्व जिल्ला प्रमुख गोरीकला विकको भीरबाट खसेर बिहीवार बिहान माल्कोटको मिजुमेलामा निधन भएको छ ।

बहिनीले काटेको घाँस लिन गएका बेला भीरबाट खसेर गोरीकलाको मृत्यु भएको स्थानीय धनबहादुर बटालाले जनाउनुभएको छ ।

उहाँका अनुसार घरबाट दुई किलोमिटर टाढा मिजुमेला वनमा घाँस काट्न बहिनी निर्मलासँगै गएका बेला उनी करिब पाँच सय मिटर तल खसेको र टाउको र हातमा गम्भीर चोट लागी घटनास्थलमै मृत्यु भएको थियो । गोरीकला नेकपा–माओवादी कालीकोटमा एक वर्ष जिल्ला प्रमुख भएर काम गर्नुभएको बताइएको छ ।

गोरीकला हिमचुली कृषि सहकारी संस्था लि कालीकोटका सञ्चालक समिति सदस्यसमेत हुनुहुन्थ्यो । संस्थाले दुर्घटना बिमाबापत राहत उपलब्ध गराउने जनाएको छ ।