
जनकपुरधाम, २४ चैत । मङ्गलबार राति दक्षिणी धनुषाको धनौजी बजारमा आगलागी हुँदा रु एक करोडभन्दा बढीको धनमाल नष्ट भएको छ ।
धनौजी गाविस वडा नं ६ मा रहेको शिवु साहको पसलमा मङ्गलबार राति आगलागी हुँदा नगद रु २२ लाख, घर, सुनचाँदी लत्ताकपडा, सिमेन्टलगायतका सामान जलेर नष्ट हुँदा रु एक करोडभन्दा बढीको क्षति भएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट धनौजीले जनाएको छ ।
सो आगलागीमा परी गाईबस्तु जलेर नष्ट भएका छन् भने, शिव साह र उहाँकी श्रीमती रञ्जुकुमारी साह जलेर घाइते भएकाले थप उपचारका लागि काठमाडौँ लगिएको सशस्त्र प्रहरी निरीक्षक सारिन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी, जनपथ प्रहरी बारुणयन्त्र र स्थानीयवासीको अथक प्रयासका कारण दुई घन्टापछि आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । पसलमा रहेको पेट्रोलबाट आगो सल्की आगलागी भएको थियो । रासस












प्रतिक्रिया