– राजकुमार ओली
झापा, २४ चैत । चुरे क्षेत्रलाई सरक्षण गर्न सकेमात्रै सम्वृद्ध नेपाल बनाउन सकिने र यी क्षेत्रको विकासका लागि सबै मिलेर लाग्नुपर्ने पूर्व सभामुख सुवास नेम्वाङले बताउनुभएको छ ।
चुरे क्षेत्रको कत्तिको महत्व छ भन्ने कुरा हामीहरुले बुझ्न नसकेको कारणले पनि यो क्षेत्र विकासमा पछि परेको उहाँले बताउनुभयो । बुधवार झापाको खुदुनावारीस्थित साधुटारमा सलकपुर सतासी चुरे पदमार्ग को अवधारणा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यो पदमार्गले चुरे क्षेत्रको विकासमा फड्को मार्ने धारणा राख्नुभयो ।
चुरे क्षेत्रमा पर्ने इलाम र झापाको २५ वटा संस्थाको सहभागितामा सलकपुर सतासी चुरे पदमार्गको अवधारणा तयार गरि सार्वजनिक समेत गरिएको हो । सोही समारोहको अवधारण कार्यक्रमको उद्घाटन गर्नुहुँदै पूर्व सभामुखले यो क्षेत्रको व्यापक बन फडानीले चुरे क्षेत्र धरासायी बन्दै गएको र अवको यो पदमार्गले तस्करलाइ समेत चुनौती दिन सकेमात्रै यो अभियान सफल बन्न सक्ने बताउनुभयो ।













प्रतिक्रिया