१६ कार्तिक २०८३, सोमबार

टीकापुर घटनामा संलग्न रहेको आरोपमा एक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bisram Chaudharyकैलाली, २४ चैत । कैलालीको टीकापुरमा गत भदौ ७ गते भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको नारायणपुर गाविसको बेलुवा गाउँका विश्राम चौधरी रहेका छन् । टीकापुर उद्योग वाणिज्य संघ कार्यालय नजिक रहेको उनको पसलबाट सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् ।

पक्राउ परेका चौधरीलाई प्रहरीले टीकापुर घटनामा कर्तव्य ज्यान, डाका चोरीलगायतका अभियोग लगाइएको छ ।