काठमाडौं, २४ चैत । निर्धारित नयाँदिल्ली भ्रमणको कार्यक्रम रद्ध गरेपछि एमाओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री खड्गप्रसादसँग ‘बार्गेनिङ’ मा जुटेका छन् ।
यसै साताको आइतबार र सोमबार (चैत्र २१ र २२ गते) एमाओवादी र एमालेको शीर्ष नेतृत्वविच सरकारको काम तथा निरन्तरताको विषयलाई लिएर घनिभुत छलफल भएको बुझिएको छ ।
उक्त बैठकमा एमाओवादीले सरकार जनताको दैनिक जीवन सहज र सरल बनाउन असफल भएको, कालोबजारी नियन्त्रण गर्न सरकार असमर्थ रहेको, मन्त्रीहरुको काम प्रभावकारी नभएको, सर्वोच्च अदालतका न्यायधिश सिफारिस गर्दा एमालेले एकलौटि गरेको, पुनरावेदन अदालतका न्यायधीस नियुक्तिमा पनि एकलौटि गर्न खोजेको, सरकारद्धारा गरिने राजनीतिक नियुक्तिहरुमा एमाओवादीलाई कुनै स्थान नदिएको, महत्वपुर्ण पदमा बढुवा र सरुवा गर्दा एमाओवादीसँग परामर्श गर्ने नगरेको, चीनसँग भएको गुप्त सहमतिबारे जानकारी नगराएको लगायतका विषयलाई गम्भिर ढंगले अघि सार्दै आफुहरु सरकारमा रहनुको के औचित्य छ भनी प्रश्न उठाएको बुझिएको छ ।
एमाओवादी नेतृत्वले यसरी गम्भिर कुरा गरेपछि सरकार प्रमुख ओलीले विगतका कमी–कमजोरीहरुलाई आफु सच्याएर बघि बढ्ने प्रतिवद्धता समेत जनाएका छन् । सम्भव भएसम्म विगतका कमजोरीहरुलाई सच्याएर सत्ता गठबन्धलाई झनै मजबुत पार्नुपर्ने ओलीको मत रहेको बताइएको छ ।
आगामी आमनिर्वाचनसम्म यही गठबन्धन सरकारलाई निरन्तरता दिने र आवश्यक परे गठबन्धनभित्रैबाट अरु कसैले नेतृत्व लिनुपर्ने भनी प्रचण्डले चक्मा दिएका छन् ।
प्रचण्डले ओलीले सरकार छाड्दा आफू प्रधानमन्त्री बन्ने आशा राखेको समेत स्रोतले बताएको छ । त्यसैले प्रधानमन्त्री ओलीसँग बार्गेनिङ गर्ने रणनीतिमा प्रचण्ड रहेको बताइएको छ । तरुण साप्ताहिकमा समाचार छ ।
















प्रतिक्रिया