काठमाडौं, २४ चैत । व्यक्तिले आफ्नो कर्तव्य र तोकिएको जिम्मेवारी इमानदारीकासाथ पालना नगरी जात, धर्म, लिंग, क्षेत्रका आधारमा चल्न थाल्यो भने यो सानो देशको थप हालत के होला ? यस्तै भयो सिके राउतको हकमा ।
अघिल्लो सोमबार आफू र कार्यकर्तामाथी लागेको राज्य विल्पवसम्बन्धी मुद्दाको विशेष अदालतमा तारिख बुझ्न राजधानी आएका उनी शुक्रबार जनकपुर फर्किसके, तर जानु अघिल्लो दिन अचम्मै भयो ।
बिहीबार मध्याह्न नहुँदै १५/२० जनाको जत्था लिएर ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोग, केन्द्रीय कार्यालयमा प्रकट भए ।
अध्यक्ष अनुपराज शर्माको कोठामा सदस्यहरुबीच छलफल चलिरहँदा झुल्किएका उनलाई पूर्वनिर्धारित कुनै कार्यक्रम नभए पनि भित्र निम्त्यायो ।
आयोगका अरु सदस्यलाई बाहिर पठाइयो र मधेसमा राज्यले दमनचक्र चलाएको हुँदा सोविरुद्ध तयार पारिएको ज्ञापनपत्र बुझ्ने काम भयो ।
सिकेसँग आकस्मिक कुराकानीमा अर्को महत्वपूर्ण कार्यक्रम छाडेर पनि पूर्वप्रधानन्यायधीश समेत रहेका अध्यक्षले ४० मिनेट समय दिन भ्याए ।
अरु सदस्यलाई थाहै नदिई सिकेलाई आयोगमा त्यसरी निम्त्याउने काम मधेसी मुलुकी मोहना अन्सारीले गरेकी रहिछन् । अध्यक्षसँगै सिकेसँग झण्डै पौने घण्टा उनले बिताएबाट पनि यो पुष्टि हुन्छ । जनआस्था साप्ताहिकमा खबर छ ।
















प्रतिक्रिया