नवलपरासी, २४ चैत । नवलपरासीको रजहरमा आज एकजना बालक फेला परेका छन् ।
करिब ९/१० वर्षको जस्तो गोरो वर्ण, हरियो हाफ भेस्ट, खैरो कट्टु र नीलो चप्पल लगाएको बोल्दा भक्भकाउने स्पष्ट बोल्न नसक्ने ती बालकलाई अहिले इलाका प्रहरी कार्यालय रजहरमा राखिएको छ ।
प्रहरीका अनुसार रजहर चोकमा रोइरहेको अवस्थामा फेला पारी प्रहरीमा बुझाइएको हो । बालकको आफन्तको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । रासस












प्रतिक्रिया