८ कार्तिक २०८३, आइतबार

कांग्रेसलाई किन ‘मुला र काउली’ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congressकाठमाडौं, २४ चैत । आज हुने कांग्रेसको संसदीय दलको निर्वाचनमा प्रयोग गर्ने विद्युतीय मेसिनको विषयलाई लिएर मंगलबार दिनभर सिंहदरबार आसपास चहलपहल थियो ।

यसअघि विद्युतीय मतदान प्रयोग गरे पनि ३ भोट खस्दा समस्या आएपछि मतपत्र छाप्नुपरेको थियो । पार्टी महाधिवेशनमा विद्युतीय मतदान मेसिन प्रयोग गर्न कांग्रेस नेता डराए पनि संसदीय दलको निर्वाचनमा भने विद्युतीय मतदान प्रयोग हुँदैछ ।

दलको कार्यालयमा मनोनयनको तयारी चलिहेका बेला आयोगका कर्मचारी कांग्रेस नेतालाई मतदान मेसिनको प्रयोवबारे सिकाउँदै थिए ।

संसदीय दलको नेताका लागि २ जना उम्मेदवार हुने भएकाले निर्वाचन आयोगका कर्मचारीले संकेतस्वरुप ‘मुला र काउली’लाई चुनाव चिन्ह बनाएर मेसिन ल्याएका हुन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

सभापति शेरबहादुर देउवा कार्यकक्षमा बसिरहेका बेला सँगैको कोठामा आयोगका कर्मचारीले निर्वाचन समितिलाई विद्युतीय मेसिनबारे जानकारी गराए ।