८ कार्तिक २०८३, आइतबार

यी हुन् पराजित हुने डरले चुनावमा जान डराएकाहरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रेखा शर्मा
रेखा शर्मा

काठमाडौं, २४ चैत । चैत २८ गते निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको चुनाव हुने तयारी थियो । लोकसेवा आयोगका तत्कालीन सहसचिव राजीव गौतमलाई त्यसको जिम्मा पनि दिएको हो ।

तर एकाएक चैत १७ गते उनले राजीनामा दिए । जनआस्था साप्ताहिकले समाचार छापेको छ । यदि विवाद प-यो र बल प्रयोगको अवस्था आयो भने पुलिस बोलाएर भए पनि काम फत्ते गर्नु भन्ने अख्तियारीसमेत पाएका उनी पछि हटेपछि अघिल्लो शुक्रबार महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनालाई १० वैशाखको अर्को भाका तोकेर त्यो कामको जिम्मा लगाइएको छ ।

ट्रेड युनियनको चुनावमा भोट हाल्न पाउने मतदाताको संख्या १२ चैतसम्म बटुल्दा ५० हजार ६ सय ४२ निस्किएको छ । निर्वाचन नियमावलीअनुसार चुनाव हुनु १ महिनाअगाडि नै मतदाता नामावली सार्वजनिक गर्नुपर्ने, ७ दिनअघि सबै उम्मेदवारले मनोनयन दर्ता गर्नुपर्ने व्यवस्था छ, तर अहिले समस्या के प¥यो भने यदि निर्धातिर मितिमै चुनाव गराउने हो भने नियमावलीमा भएका १० वटा दफा संशोधन गर्नुपर्ने हुन्छ ।

त्यसका लागि सिफारिस गर्दा श्रम विभागले संशोधन गर्न मानेन । एकातिर समस्यको अभाव र अर्कोतिर ऐन संशोधनमा कठिनाइ देखापरेपछि चुनाव गराउन पुलिसको प्रयोगबाहेक अन्य विकल्प रहेन ।

अब प्रश्न के भने चुनाव गराउने जिम्मा पाएको व्यक्ति पनि एक कर्मचारी नै हो । के एउटा कर्मचारीले अरु कर्मचारीको टाउकोमा लाठी हान्न लगाउन सक्छ ? यदि, यसो नगर्ने हो भने अझैसम्म थ्रेसहोल्डसम्बन्धी विवाद कर्मचारी युनियनबीच कायमै छ ।