काठमाडौँ, २३ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले मुलुकको विकासका लागि अर्थतन्त्रको खम्बा नै पर्यटन भएको बताउनुभएको छ ।
शिखरपोष्टको दास्रो वाषिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपालको सुन्दरता, धार्मिक तथा सांस्कृति विविधता हरेक दृष्टिकोणले नेपाल पर्यटकीय केन्द्र भएकाले पर्यटन अर्थतन्त्रको खम्बा नै भएको बताउनुभयो । “पर्यटकलाई अर्गानिक खाना, होमस्टेको व्यवस्था गरी नेपाललाई सुरक्षित र उपयुक्त गन्तव्यको रुपमा विश्वमा चिनाउन सक्नु जरुरी छ”–मन्त्री पोखरेलले थप्नुभयो ।
अरबै खर्च गरेर पनि प्रचारप्रसार नहुने कुरा बेलायतका राजकुमार ह्यारीले नेपाल आएर पर्यटन प्रवद्धनमा महत्वपूण सहयोग पुगेको मन्त्री पोखरेलले उल्लेख गर्नुभयो । उहाँले नेपाल सुरक्षित गन्तव्य हो भनेर विश्वभरी चिनाउनुपर्ने आवश्यकता भएको भन्दै सबैले पर्यटन प्रवद्धनमा लाग्न आग्रह गर्नुभयो ।
आगामी जेठ ६,७ र ८ गते हुन लागेको अन्तराष्ट्रिय बुद्ध सम्मेलनलाई व्यवस्थित, भव्य र सभ्य तरिकाले सम्पन्न गर्नका लागि आ–आफ्नो क्षेत्रबाट क्रियाशील रहन आग्रह मन्त्री पोखरेलले गर्नुभयो ।
शिखरपोष्टका अध्यक्ष प्रकाश खालिङले भूकम्पका कारण थिलथिलो भएको पर्यटनलाई माथि उठानका लागि आफ्नो पत्रिका मार्फत प्रयन्त गरिरहेको बताउनुभयो ।
















प्रतिक्रिया