पाल्पा, २३ चैत । नेपाली काँग्रेस पाल्पाको उपसभापतिमा देवराज ढकाल मनोनयन हुनुभएको छ ।
जिल्ला सभापति वीरबहादुर रानाको प्रस्तावमा सर्वसहमतिबाट जिल्ला उपसभापतिमा देवराज ढकाल, सचिवमा झपेन्द्र गैरे र सहसचिवमा अम्बिका पौडेल मनोनीत हुनुभएको हो ।
यसैगरी सभापति रानाले जिल्ला कार्यसमितिका सदस्यमा क्षेत्र नं १ बाट कृष्ण अधिकारी, तीर्थ पङ्गेनी र तेजबहादुर थापा, क्षेत्र नं २ बाट रामेश्वर पन्थी, महेन्द्र पाण्डे र पुरुषोत्तम अर्याल तथा क्षेत्र नं ३ बाट बलबहादुर राना, झपेन्द्रबहादुर खड्का र सचिन विष्टलाई मनोनीत गर्नुभएको छ । रासस













प्रतिक्रिया