१६ कार्तिक २०८३, सोमबार

नाम चलेका यी तीन ठूला विद्यालय समायोजन, ‘एस.ए.बी.’नामाकरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SAB Pubilc School Kathmandu Ghattekuloकाठमाडौं, २३ चैत । लामो समयपछि काठमाडौं उपत्यकामा नाम चलेका तीन ठूला निजी विद्यालय एकआसपमा एकीकरण भएका छन् ।

घट्टेकुलोस्थित सूर्योदय आवासीय माध्यामिक विद्यालय, मइतीदेवीको आनन्दभूमि हाई स्कुल र घट्टेकुलोकै ब्ल्यू स्काई पब्लिक स्कुलबीच समायोजन भएको घोषणा गरेका हुन् । यो क्षेत्रमा यी तीन विद्यालय नाम चलेका विद्यालय हुन् ।

सूर्योदय आवासीय माध्यामिक विद्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा तीन विद्यालय एकीकरण भई ‘एस.ए.बी. पब्लिक स्कुल’ नामाकरण गरिएको जानकारी दिइएको हो ।

प्याब्सनका अध्यक्ष समेत रहेका एस.ए.बी. पब्लिक स्कुलका प्रमुख कार्यकारी अध्यक्ष लक्ष्यबहादुर के.सी.ले लामो प्रयासपछि तीन विद्यालय एकआपसमा गाभिएको बताए । ‘सरकारको नीतिलाई पछ्याउँदै हामी तीन विद्यालय एकआपसमा समायोजन भएका हौँ’, उनले भने, ‘हाम्रो विद्यालयमा शैक्षिक गुणस्तरका साथै भौतिक सुविधा सम्पन्नताका साथ विद्यार्थीलाई अध्ययन गराइनेछ ।’

एस.ए.बी. पब्लिक स्कुलका निर्देशक तथा मेघा बैंकका अध्यक्ष भोजबहादुर शाहले करीब तीन दशकपछि राजधानीमा नाम चलेका तीन वटा विद्यालय समायोजन भएको बताए । ‘लामो समय अगाडि सिद्धाथ र बनस्थली विद्यालयहरू एकीकरण भएर सिद्धार्थबनस्थली भई राम्रो शिक्षण संस्था बनेका थियो’, उनले भने, ‘हामी पनि तीन वटा विद्यालय एकीकरण भएका छौँ । शैक्षिक र भौतिकपूर्वाधारले सम्मन भई शैक्षिक सेवा दिने छौँ ।’ शाह प्याब्सनका पूर्व अध्यक्ष समेत हुन् ।

साहित्यकार एवम् एस.ए.बी. पब्लिक स्कुलका निर्देशक प्रेम ओलीले विद्यालयले राम्रो शैक्षिक सेवा दिने बताए । ‘हामी राम्रो शैक्षिक सेवा दिनकै लागि एकआपसमा समायोजन भएका हौँ’, उनले भने, ‘हाम्रो यो कार्यको चारैतिरबाट सह्राना भएको छ ।’ उनले एस.ए.बी.लाई आगामी एक वर्षभित्र आफ्नै भवनमा विस्तार गरी दश जोड दुईको शैक्षिक सेवा दिने बताए ।

विद्यालयका प्रिन्सिपल अमेरिकन नागरिक मार्क विबर्सले विद्यालयको विद्यार्थीले जुन प्रविधिबाट सिक्न चाहन्छन् त्यहीमार्फत अध्यापन गराइनु पर्ने बताए ।

अनुभवी, दक्ष एवम् तालिमप्राप्त शिक्षक शिक्षिकाहरूबाट विद्यार्थी केन्द्रित अत्याधुनिक सूचना र प्रविधिको प्रयोग गरी अध्ययन अध्यापन गराइने एस.ए.बी. पब्लिक स्कुलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्कुल व्यवस्थापनका अनुसार हाल सूर्योदय रहेको भवनमा प्राइमरी ब्लक र आनन्दभूमि विद्यालयमा सेकन्डरी ब्लक रहनेछ ।