१६ कार्तिक २०८३, सोमबार

अनेम संघको अध्यक्षमा काफ्ले निर्वाचित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uma kafle

– नरेश केसी
भैरहवा, २२ चैत । अखिल नेपाल महिला संघ (अनेमसंघ) रुपन्देहीको अध्यक्षमा उमा काफ्ले निर्वाचित भएकी छन् । संघको भैरहवामा सम्पन्न ८ औं सम्मेलनबाट काफ्ले निर्वाचित भएकी हुन् ।

अध्यक्षको लागी काफ्ले र थानकुमारी थापाबीच कडा प्रतिसपर्धा भएको थियो । चुनावी प्रक्रियाबाट काफ्लेले थापालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन् ।

काफ्लेसंगै उपाध्यक्षमा चुमकला बस्याल, शुसीला न्यौपाने, सचिबमा ममता पौडेल र कोषाध्यक्षमा भगवति ज्ञवाली निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा लक्ष्मी थापा, लक्ष्मी पंगेनी, रुका सापकोटा, मोनिका यादव, सुर्वणा कुवंर,सरस्वती ज्ञवाली, राधिका खरेल (अर्याल), माया कडेंल, झिमकला पाण्डे, दिपा शर्मा, लक्ष्मी विक, विमला श्रेष्ठ, सावित्री खड्का, रिता शाहि, माया बराल, चन्दा गौतम, थानकुमारी थापा निर्वाचित भएका छन् । यसैगरी विना राना, शोभा ज्ञवाली, नजर कुमार श्रेष्ठ, कमलावति यादव, प्रमिला सिंह, लक्ष्मी मिश्रा, शान्ति लोध रहेका छन् ।

अनेम संघको ८ औं सम्मेलनमा जिल्लाको प्रत्येक क्षेत्रबाट पदाधिकारी सहित ६ जना गरी ७ वटा निर्वाचन क्षेत्रबाट ४२ जना, प्रत्येक नगरबाट पदाधिकारी सहित ६ जनाजनागरी ५ वटा नगरपालिकाबाट ३० जना, विशेष इलाकाबाट, जिल्ला सल्लाहकार, मनोनित १० जना, जिफन्टबाट ३ जना र सम्मेलन आयोजक कमिटी ३४ जनाले प्रतिनिधीको रुपमा भाग लिएका थिए ।

अनेमसंघ रुपन्देहीका इतिहांसमा नेतृत्वकोलागी पहिलोपटक निर्वाचन भएको हो । अध्यक्षमा निर्वाचित काफ्ले नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीको सचिब भएर पार्टिको कमाण्ड समेत सम्हालि सकेकी छन् ।

०६९ सालमा उमा काफ्लेको अध्यक्षतामा चयन भएको अनेमसंघ रुपन्देहीले अहिले सम्म मातृपार्टि ने.क.पा. एमालेको आहवनमा भएका हरेक गतिविधी र कार्यक्रम तथा बैठकमा सक्रिय सहभागीता जनाउनु साथै विभिन्न उपलब्धीमूलक नयां काम पनि गरेको छ ।

काफ्ले नेतृत्वको अनेमसंघले यातयात व्यवस्था ऐन २०४९ अनुसार अपांग, बृद्धबृद्धा र महिलाकोलागी यात्रु बाहक सवारीमा तोकिएको सीट आरक्षणको कायन्वयन र नियमनमा जिल्ला व्यापी अभियान थाली कार्यन्वयन गराएकोछ । १ सय ४ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा जोखिमपुर्ण श्रमका लागेका १२ जना श्रमिक महिलाको जीवनगाथा समेटेर श्रमिक महिला विशेषांक प्रकाशन गरेको छ ।

भूकम्प पीडितको उद्धार र पुर्ननिर्माणकोलागी जिल्लाबाट १५ जना स्वयंसेवक सहभागी गराएको एवं संगठन विस्तार, प्रशिक्षणलाई तिब्रता दिदैं टोल टोलमा अनेमसंघको सदस्यता विस्तारगरी जिल्लामा १५ हजार भन्दा माथी पुराएको बताइएको छ । संघको अधिवेशनको उद्घाटन पूर्वमन्त्री एवं अनेमसंघ केन्द्रिय उपाध्यक्ष राधा ज्ञवालीले गरेकी थिइन् ।