काठमाडौं, २३ चैत । भारतमा सोमबार फेरि भूकम्प गएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार मेघालयलाई केन्द्रविन्दू बनाएर पृथ्वी सतहदेखि १० किलोमिटर गहिराई भएको ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
प्रारम्भिक रिपोर्टअनुसार भूकम्पको सबैभन्दा शक्तिशाली धक्का नागाल्यान्ड, मणिपुर सहितका सहरमा परेको छ । यी क्षेत्रहरु भूकम्पको उच्च जोखिममा रहेका मानिन्छन । भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
यसअघि आसामलाई केन्द्रविन्दू बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।















प्रतिक्रिया