धनुषा, २३ चैत । धनुषामा एकै टोल तीन बालिका बलात्कृत भएका छन् ।
मिथिला नगरपालिका–९ माझिटोल बस्ने ६ वर्षीया, ७ वर्षीया र ८ वर्षीया ३ बालिकालाई नजिककैको जंगलमा लगि जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने १७ वर्षीय मानबहादुर माझीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
करणीमा संलग्न राजेश माझी फरार रहेकोले प्रहरीले खोजतलास गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिररहेको छ ।












प्रतिक्रिया