खोटाङ, २३ चैत । खोटाङको दिक्तेल–गाइघाट सडक कालोपत्रे हुने भएको छ । सडक शिलान्यास भएको २२ वर्षपछि कालोपत्रे हुन लागेको हो ।
तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ सालमा शिलान्यास गर्नुभएको सडक दुई वर्षभित्र कालोपत्रको काम सम्पन्न गर्नेगरी अर्थमन्त्रालयबाट बजेट विनियोजन भएको सांसद विशाल भट्टराईले जानकारी दिनुभयो । १ सय ४२ किलोमिटरमध्ये १०१ किलोमिटर सडकखण्ड कालोपत्रे गर्न अर्थमन्त्री विष्णु पौडेलले २ अर्ब ६८ करोड बजेट विनियोजन गर्नुभएको हो ।
तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग मानिएको दिक्तेल–गाईघाट सडक कालोपत्रे भएपछि स्थानीय राहत महसुस गर्नेछन् ।















प्रतिक्रिया