काठमाडौं, २३ चैत । भारतमा पेट्रोल र डिजलको मूल्य बृद्धि भएको छ । बृद्धि भएको मूल्यअनुसार पेट्रोलमा २ रुपियाँ १९ पैसा बढेको हो ।
डिजेलमा ९८ पैसा मूल्य बृद्धि भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सोमबार मध्यराति देखि बृद्धि भएको मूल्य लागू भइसकेको छ । यसअघि पेट्रोल ५८ रुपियाँ ६८ पैसामा बिक्री हुँदै आएको थियो ।
डिजलको मूल्य पनि अब ४८.३३ रुपियाँ प्रतिलिटरबाट बुद्धि भइ ४९.३१ पैसा प्रतिलिटर पुगेको छ ।
इन्डियन आयल कर्पोरेशनसँग नेपाल आयल निगमले तेल आयात गर्ने भएकाले त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारलाई पनि पर्ने छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको उतार चढावका कारण तेलको मूल्यमा घटबढ हुँदै आएको छ ।
अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नेपाल आयल निगमले तेलको मूल्य यसअघि घटाएको थिए । मूल्य समायोजना गर्न दबाब दिइए पनि कर्मचारीले नमानेका कारण मूल्य नघटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा फेरि मूल्य बृद्धि भएको यसलाई भने निगमले कार्यान्वयन गरेर नेपाली उपभोक्तालाई मूल्य बढाउन सक्ने चिन्ता उपभोक्ताहरूले गर्न सुरु गरेका छन् ।















प्रतिक्रिया