३० आश्विन २०८३, शुक्रबार

बोस्टनमा हिमालयन लायन्स क्लबको वार्षिकोत्सव सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bimal 3– विजय थापा

वाशिंगटन डिसी । अमेरिकाको बोस्टनस्थित हिमालयन लायन्स क्लबको छैठौ वार्षिकोत्सव गत अप्रिल ३ तारिख भब्यताको साथ सम्पन्न भएको छ । क्लबका अध्यक्ष विमल नेपालको अध्यक्षतामा भएको लाइन्स चार्टर इभानिंग औपचारिक समारोह तथा मनोरन्जनात्मक गरि दुई चरणमा संचालन गरिएको थियो ।

अध्यक्ष नेपाल एक चर्चित फोटोग्राफर (छायाचित्र पत्रकार)का रुपमा अझ बढी चिनिन्छन ।

सो समारोहमा लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला ३३ के का गभर्नर बिल डोन्यालेन, क्षेत्र अध्यक्ष फेनी मे तथा महेश्वर पन्तको उपस्थिति रहेको थियो ।

उनीहरुले क्लबलाई नमूना बनाउन भबिष्यमा आफूहरु सधै साथ रहने प्रतिबद्धता जाहेर गरे । क्लबले गरेको उपलब्धिको मुक्त कण्ठले प्रसंशा गरेका थिए ।

समारोहमा सचिब पेशल रेग्मी तथा कोषाध्यक्ष गोबर्धन पूजाले वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । क्लबका निवर्तमान अध्यक्ष बिष्णु कार्की तथा प्रथम उपाध्यक्ष राम थापाले आगन्तुक अतिथिहरुको स्वागत गर्दै उनीहरुलाई उपहार प्रदान गरे ।