काठमाडौं, २३ चैत । नाकाबन्दी खुलेको भए पनि आपूर्ति गर्न नसकेको आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले विभाग र डिपोहरूमा कर्मचारी फेरबदल गर्ने क्रममा अमलेखगञ्ज डिपोमा भ्रष्टाचारमा मुछिएका दिनेश यादवलाई पुनः पठाउन खोजे पनि अन्तिममा आएर खिलेन्द्र कार्कीलाई पठाएका छन् ।
बिराटनरमा असफल भएका कार्कीलाई अमलेखगञ्ज डिपोमा सरुवाका लागि दिनेश यादवबाट कस्त लाभ लिएर पनि अन्तिममा प्रबन्ध निर्देशक खड्का हच्किएका छन् ।
यादवले अमलेखगञ्ज सरुवा हुन लागेको कुरा फेन र एसएमएसमार्फत पेट्रोल पम्म र ट्यांकर व्यवसायीलाई भनिसकेका थिए । दृष्टि साप्ताहिकले समाचार छापेको छ ।
चैत ११ गते रातिसम्म पनि अमलेखगञ्जमा यादवको नाम थियो । तर १२ गते अकस्मात अमलेखगञ्जमा कार्कीलाई पठाउने निर्णय भयो । जसका कारण यादव निकै तनावमा परेका छन् ।
राजेन्द्र महतो आपूर्ति मन्त्री हुँदा अमलेखगञ्ज डिपो प्रमुख रहेका बेला यादवले तोकिएको भन्दै धेरै चुहावट देखाएर करोडौँ भ्रष्टाचार गरेको आरोप छ ।















प्रतिक्रिया