१ कार्तिक २०८३, शनिबार

आइएसले कब्जा गरेको दूतावास अमेरिकी सेनाद्वारा ध्वस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Us-army

अङ्कारा २२ चैत । अमेरिकासँग आवद्ध संयुक्त सेनाले आइएस आतङ्ककारीद्धारा सन् २०१४ देखि नै कब्जामा लिई सञ्चालन गरिरहेको उत्तरी इराकको एक दूतावास सोमबार ध्वस्त गरेका छन् ।
उत्तरी इराकको मोसुल सहरमा रहेको टर्कीज राजदूतावास आइएसले नियन्त्रणमा लिएका थिए । सोमबार अमेरिकी सेनाको आक्रमणमा परी सो दूतावास ध्वस्त भएको हो

टर्कीको विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा सो जानकारी दिइएको छ । कब्जामा लिइएको सो दूतावासमा आइएसका उच्च कमाण्डर बसोबास गर्दै आएका थिए ।

यस दूतावासकमा स्थानीय समयाअनुसार सोमबार अपराह्न ३ बजे आक्रमण गरिएको प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
आइएस विरुद्धको कारबाहीमा अन्तर्राष्ट्रिय संयुक्त सेनाको हरेक क्रियाकलापमा सहयोग गर्ने टर्की सेनाले जानकारी दिएको छ ।

सन् २०१४ को जुन महिनामा आइएस आतङ्ककारीहरुले राजदूतावासका कन्सुलरसहित ४९ जना कर्मचारीलाई अपहरण गरेका थिए । रासस/एपी