काठमाडौँ, २२ चैत । घरमा लडेर घाइते हुनुभएका नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतको कुर्कुच्चाको जोर्नीको शल्यक्रिया र केही दिनको अस्पताल बसाइपछि आज धापासीस्थित ग्रान्डी अस्पतालबाट घर फर्कनु भएको छ ।
अस्पतालका मेडिकल डाइरेक्टर तथा अर्थोपेडिक सर्जन डा चक्रराज पाण्डेलगायतका चिकित्सकको टोलीले गत शुक्रबार उहाँको कुर्कुच्चाको जोर्नीको सफल शल्यक्रिया गरेको थियो ।
गत १७ गते बुधबार अपरान्ह आफ्नै घरको भ¥याङबाट लडेर बायाँ गोडामा चोट लागेपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । रासस












प्रतिक्रिया