काठमाडौँ, २२ चैत । प्रधानसेनापति राजेन्द्र क्षत्री र अमेरिकी सैनिक अलास्काका मेजर जनरल ब्रायन ओएन्सबीच जङ्गी अड्डामा आज भएको शिष्टाचार भेटमा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ ।
सो अवसरमा यहाँस्थित अमेरिकी दूतावासका सैनिक सहचारी लेफ्टिनेन्ट कर्नेल ग्रेगरी डी पाइप्सको समेत सहभागिता रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस













प्रतिक्रिया