१६ कार्तिक २०८३, सोमबार

एमाले नेता ढकालको स्मृति शोकसभा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramnath-dhakal

काठमाडौँ, २२ चैत । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले पार्टीका नेता रामनाथ ढकालको प्रथम स्मृति दिवसमा आज शोकसभा गरेको
छ ।

यहाँ आयोजित कार्यक्रममा नेता ढकालको तस्बिरमा माल्यार्पण तथा पुष्पगुच्छा चढाएर उहाँको योगदानको स्मरण गरियो । पार्टीका नेता तथा व्यवस्थापिका–संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले पार्टीको आन्तरिक द्वन्द्व व्यवस्थापन तथा अन्य दलसँग समन्वय गरी देश र जनतालाई निकास दिन नेता ढकालले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभयो ।

उहाँले ढकालले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान गरेको बताउँदै नयाँ पुस्ताले ढकालको निष्ठालाई सिक्नुपर्नेमा जोड दिनुभयो । युनियनका अध्यक्ष नवीना लामाले नेता ढकाल त्याग र जनसेवालाई प्राथमिकतामा राखेर कार्य गर्ने निष्ठावान् भएको विचार व्यक्त गर्नुभयो ।

पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहनुभएका नेता ढकालको गत वर्ष चैत २२ गते ५१ वर्षको उमेरमा निधन भएको थियो । रासस