१ कार्तिक २०८३, आइतबार

इन्धन भण्डारणको खतराबारे आयल निगमले दियो चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Oil-negam

काठमाडौँ, २२ चैत । नेपाल आयल निगमले अनावश्यक रुपमा इन्धन भण्डारण नगर्न आग्रह गरेको छ ।

बजारमा इन्धनको अभाव जारी रहेको बेला निगमले आज एक सार्वजनिक सूचना प्रकाशित गरी गर्मीयाम पनि बढ्दै गएको सन्दर्भमा घरमा वा अन्यत्र पनि इन्धन सञ्चय गर्नु सुरक्षाको दृष्टिकोणले अत्यन्तै खतरायुक्त हुुने जनाएको छ ।

निगमले आवश्यक मात्रामा इन्धन आयात भइरहेको भए पनि भण्डारण गर्ने प्रवृत्तिका कारण बजारमा अभाव देखिएको उल्लेख गर्दै गैरकानुनी रुपमा भण्डारण नगर्न ध्यानाकर्षण गराएको हो । माग भन्दा बढी आयात भइरहेको अवस्थामा पनि इन्धनका लागि पेट्रोल पम्पमा घण्टौँ लाइन लाग्नु परिरहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पेट्रोल पम्पले उल्लेख्य मात्रामा इन्धन वितरण गरेपनि अभाव कायम नै रहेको छ ।

निगम प्रवक्ता मुकुन्दप्रसाद घिमिरेका अनुसार आयात भएको इन्धनलाई सहज रुपमा बिक्री वितरणको प्रक्रिया मिलाइएको छ । तर बजारमा इन्धनको अभाव कायमै छ । यस्तै उपभोक्ताको घरमा सिलिण्डर थुिप्रदासमेत खाना पकाउने ग्यासको अभाव रहेको उहाँले बताउनुभयो ।

निगमका अनुसार मार्च महिनामा पेट्रोल २९ हजार किलोलिटर, डिजेल एक लाख ११ हजार किलोलिटर र खाना पकाउने ग्यास ३१ हजार मेट्रिकटन भित्रिएको छ । रासस