१६ कार्तिक २०८३, सोमबार

घुस खाने सबइन्जिनियरविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

AAkhatiyar vabanकाठमाडौं, २२ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिने महोत्तरीको गौशाला नगरपालिका कार्यालयका सबइन्जिनियर शत्रुघ्नकुमार साहविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुष्करले सबइन्जिनियर साह सोही नगरपालिकाको तरकारी बजारमा ढलान गर्ने कार्य सम्पन्न भएपछि बिल भुक्तानी दिने प्रक्रियामा सेवाग्राहीसँग चार लाख ५० हजार घुस लिँदालिँदै पक्राउ परेको जानकारी दिनुभयो ।

साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ द्वारा परिभाषित कसुर गरेको पाइएकाले हदैसम्मको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।