१६ कार्तिक २०८३, सोमबार

रक्षा हेर्ने समाचारदाताका लागि सेनाद्धारा सञ्चालित अभिमुखीकरण सकियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sena-journalist (1)

काठमाडौँ, २२ चैत । राष्ट्रिय सञ्चारमाध्यममा रक्षा बिटमा कार्यरत समाचारदाताका लागि नेपाली सेनाले सञ्चालन गरेको छदिने अभिमुखीकरण तालिम आज सकिएको छ ।

अभिमुखीकरणका क्रममा समाचारदातालाई नेपाली सेनाको इतिहास, गठन, जिम्मेवारी, सङ्गठनात्मक स्वरुप, चेनअफ कमाण्ड, राष्ट्रिय सुरक्षाको जिम्मेवारीका अतिरिक्त विकास निर्माण, पर्यावरण र प्रकृति संरक्षणमा सेनाको भूमिका बारेमा जानकारी गराइएको थियो ।

सङ्गठनलाई अघि बढाउने सन्दर्भमा प्रधानसेनापति राजेन्द्र क्षत्रीको मार्ग निर्देशनका साथै नेपाली सेनाको विभिन्न विभाग, युनिट, नियुक्ति, दर्जा, दज्र्यानी चिह्न र प्रचलित सैनिक शब्दावलीका बारेमा समेत सम्बन्धित निर्देशनालयका तर्फबाट स्पष्ट पार्ने काम भएको थियो ।

Sena-journalist (2)

अभिमुखीकरणका क्रममा समाचारदातालाई रसुवाको धुञ्चेस्थित नारायण दल गणबाट वन्यजन्तु निकुञ्जको सुरक्षामा भएको योगदान, नेपाली सेनाले काम गर्दै आएको मैलुङ–स्याफ्रु सडक, पाँचखालस्थित तालिम केन्द्रबाट विश्व शान्ति स्थापनार्थ खटी जाने सैनिकलाई दिइँदै आएको तालिमबारे जानकारी गराइएको थियो ।

युद्ध कार्य निर्देशनालयका साथै इन्जिनियर विभागलगायतका तर्फबाट राष्ट्रिय विकास निर्माण, राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेलकुदका क्षेत्रमा हुँदै आएको योगदानबारे जानकारी गराइएको थियो ।

सैनिक जनसम्पर्क निर्देशनालयद्वारा विभिन्न सञ्चारगृहमा कार्यरत रक्षा संवाददातालाई सहभागी गराई जङ्गी अड्डामा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको यो चौथोपटक हो । अभिमुखीकरणमा २० समाचारदाता र रक्षा मन्त्रालयका एकजना प्रतिनिधिको सहभागिता रहेको थियो ।

सैनिक मुख्यालयमा आज आयोजित अभिमुखीकरण तालिम समापन समारोहमा राष्ट्रिय विकास निर्माण तथा सुरक्षा महानिर्देशक राजेन्द्र विक्रम शाहले प्रशिक्षार्थी सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान गर्दै अभिमुखीकरणले समाचारदातालाई नेपाली सेनाको जिम्मेवारी र साङ्गठनिक स्वरुपबारे जानकारी लिन तथा राष्ट्रिय हितमा मिलेर काम गर्न योगदान पु¥याएको धारणा व्यक्त गर्नुभयो ।

अभिमुखीकरणमा सहभागी सञ्चारकर्मीका तर्फबाट रेडियो नेपालका समाचारदाता अच्युत अर्यालले राष्ट्रिय सुरक्षा, जन्यजन्तु, पर्यावरणको संरक्षण तथा विकास निर्माणमा सेनाले गरेको योगदानलाई नजिकबाट नियाल्ने अवसर प्राप्त भएको अनुभव सुनाउनुभयो । रासस