१ कार्तिक २०८३, आइतबार

पोखरामा हुने फेवा महोत्सवमा छुटै–छुटको व्यवस्था

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pokharaकाठमाडौं, २२ चैत । यही चैत २८ गतेदेखि पोखरामा फेवा महोत्सव हुने भएको छ ।

आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने फेवा ताल किनारामा गर्ने महोत्सव हेर्न जाने पर्यटकलाई आवासमा २० प्रतिशत छुट दिइने भएको छ ।

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले आज गरिएको पत्रकार सम्मेलनमा आवासका अतिरिक्त अन्य सेवामा पनि छुट दिने बारेमा छलफल भइरहेको बताउनुभयो ।

नेपालमा मुख्य शहरमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्ष पनि उत्तिकै महत्वका साथ प्रचार गरी आन्तरिक पर्यटकलाई प्राथमिकता दिएर महोत्सव गर्न लागिएको उहाँको भनाइ छ । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मूख्य आकर्षण हुन् ।

भूकम्प र नाकावन्दीले असर गरेको पर्यटनलाई उकास्न महोत्सवबाट सहयोग पुग्ने महोत्सवका संयोजक विकल तुलाचनले बताउनुभयो । महोत्सव वैशाख २ गतेसम्म चल्ने छ ।