१ कार्तिक २०८३, आइतबार

काठमाडौंमा सात हजार सौर्य बत्ती राखिने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ktm-solarकाठमाडौं, २२ चैत । काठमाडौं महानगरपालिकाका विभिन्न सडकमा सात हजार ६ सय ५३ ‘सौर्य सडक बत्ती’ जडान गरिने भएको छ । त्यसका लागि ९५ करोड रुपैयाँ खर्च लाग्ने छ ।

भौतिक पूर्वाधार तथा निर्माण विभाग प्रमुख डा. उत्तरकुमार रेग्मीका अनुसार बत्ती जडानका लागि करिब २०० निवेदन आएका छन् । कामपाका सडकलाई उज्यालो पार्न समुदायमा आधारित सौर्य सडक बत्ती जडान गर्न लागिएको हो ।

डा. रेग्मीले सबै निवेदन महानगरपालिकाले मन्त्रालयमा पढाइसकेको र केही समयमा नै काम सुरु हुने बताउनुभयो ।

सुरुको समयमा बत्ती जडानका लागि निवेदन नआए पनि पछिल्लो समय बत्ती जडान गर्नका लागि उल्लेख्य मात्रामा निवेदन आएकोे महानगरपालिकाको भनाइ छ । चैत महिनाको पहिलो सातामै म्याद सकिएको भए पनि निवेदन आउने क्रम जारी रहेको छ ।
आएका निवेदनमध्ये सबैभन्दा बढी वडा नम्बर ६ को छ ।

सौर्य बत्ती जडान गर्न उपभोक्ताले १५ प्रतिशत, महानगरपालिकाले २५ प्रतिशत र सरकारले ६० प्रतिशत लगानी गर्नुपर्छ । खम्बासहित एउटा सौर्य बत्ती जडान गर्न एक लाख रुपैयाँसम्म लाग्छ ।