– नवराज सिंखडा ‘जिज्ञासु’
दोहा, कतार । ‘तन, मन, बचन र कर्मले सेवा गरौ’ भन्ने मुल भावना बोकेर सन २००३ मा केही गोर्खालीहरु जम्मा भएर स्थापना गरि हालसम्म विभिन्न सामाजिक कार्यहरु गर्दै कतारको हकमा अग्रणी सस्थाको रुपमा आफूलाइ स्थापित गर्दै आएको गोरखा सेवा समाज कतारको नियमित बैठक सम्पन्न भएको छ ।
दोहाको मुन्ताजा पार्कमा गत शुक्रबार अर्थात १ अप्रिल, २०१६ का दिन सस्थाका अध्यक्ष शुदर्शन भट्टको अध्यक्षयामा बसेको बैठकले शिक्षाका अवसरबाट बन्चित अनाथ, असहाय बाल बालिकाहरुको शैक्षिक कार्यमा सहयोग पुुर्याउन, प्राकृतिक दैविक प्रकोपबाट क्षतिग्रस्त दयनीय सामाजिक भौतिक संरचनाहरुको पुनः निर्माणमा सहयोग गर्ने उद्देश्यले गोरखा सेवा समाज कतारले स्थापना गरेको दस लाखको अक्षयकोष कार्यक्रम लगायत विभिन्न समसामयिक बिषयमा छलफल भएको छ ।
उक्त बैठकमा सस्थाका अध्यक्ष शुदर्शन भट्टले अक्षयकोषमा अहिलेसम्म ८ लाख भन्दा बढी रकम जम्मा भैसकेको र सहयोग रकम जुट्ने क्रम जारी रहेको जानकारी गराउनुभएको थियो ।
साथै उक्त बैठकबाट अक्षकोषमा राख्ने भनिएको रकम दस लाखलाई बढाएर अझ बढाउने निर्णय गरिएको छ । यसका साथै बैठकले यहि १५ मे २०१६ का दिनसम्म उठेको सारा रकम अक्षयकोषमा जम्मा गर्ने र त्यो भन्दा पछि उठ्ने रकम शिक्षा लगायत विभिन्न सामाजिक कार्यमा खर्च गर्ने निर्णय गरेको छ ।
साथै बैठकले गत मार्च २४ दिन दुर्घटनामा परि निधन भएका गोरखा अश्राङ ८ का अमरबहादुर आलेप्रति १ मिनेट मौनधारण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजन प्रती हार्दिक समबेदना समेत प्रकट गरेको छ ।
उक्त बैठकले २०७२ साल बैशाख १२ को महाभूकम्पले भत्किएको गोरखा हर्मी छ स्थित शिवालय मन्दिर पुननिर्माणको निम्ति सस्थाको तर्फबाट ६५१ रियल सहयोग रकम सस्थाका सदस्य राजेन्द्र पराजुलीमार्फत पठाउनको लागि हस्तान्तरण गरेको छ ।















प्रतिक्रिया