३० आश्विन २०८३, शुक्रबार

एनआरएनए बेल्जियमको पाचौ साधारणसभा सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

10297612_686722014754243_6778362192266053286_n
बेल्जिय । एनआरएनए बेल्जियमको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बेल्जियममा रहेका नेपालीहरुलाई आपत्–बिपत परेका बेला सहयोग गर्ने उद्देश्यले स्थापित परोपकारी कोषलाई निरन्तरता दिदैँ साधारणसभा सम्पन्न भएको हो ।

त्यसैगरी साधारण सभाले कठिन अवस्थामा रहेका नेपालीहरुको लागि विशेष कार्यक्रमको योजना अगाडि बढाउने समेत घोषणा गरेको छ । साधारणसभा बेल्जियमको लुभेनमा सम्पन्न भएको हो ।

कार्यक्रमा परोपकारी कोषमा सहयोग बढ्दै गएको उल्लेख गर्दै एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङले तत्काल असजिलो अवस्थामा रहेका नेपालीलाई सहयोग उपलब्ध गराईएको दाबी गर्नुभयो । ‘निकट भविष्यमा मापदण्ड निर्धारण गरी सहयोग वितरण कार्यलाई प्रभावकारी गराउने भावी कार्यक्रम रहेको छ,’ उहाँले भन्नुभयो ।

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका महासचिव कुमार पन्तले आफ्नो प्रमुख अतिथिको आसनबाट शुभकामना सहित आफ्नो मन्तव्य राख्नु भएको थियो । मन्तव्यका क्रममा उहाँले सम्पुर्ण गैर आवासीय नेपालीहरुको चिन्ता नेपाल प्रति रहेको भन्दै एनआरएनले नेपालको पर्यटकीय विकासमा आफ्नो लगानी अगाडी बढाउने बताउँनु भयो । ‘हाइड्रोपावर निर्माण आगाडी बढिरहेको छ,’ उहाँले भन्नुभयो ।

एनआरएनका प्रमुख संरक्षक रामप्रताप थापाले नेपाल र नेपालीको संवृद्धिका लागि स्थापित एनआरएनले नेपालमा विभिन्न कार्य गर्न शुरु गरेको बताउँदै एनआरएनको ‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मागलाई संबिधानमा सुनिश्चित गर्न माग गर्नुभयो ।

यसैगरी एनआरएन युरोप संयोजक अर्जुनकुमार श्रेष्ठले एनआरएनले देश बिदेशमा थुप्रै परोपकारी कार्य गरेको उल्लेख गर्दै सस्थाको बिकाशको लागि सबैको सहभागिता र सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली दूतावासका प्रतिनिधि लक्ष्मण खनालले नेपाल र नेपालीको संवृद्धिको लागि गरिने कार्यमा दूतावासको सधैँ सहयोग रहने बताउनु भयो ।

उक्त कार्यक्रममा एनआरएन बेल्जियमका आईसीसी सदस्य द्वय शिवकुमार बरुवाल, जानकी गुरुङ, पूर्व अध्यक्ष पीजी शेर्पा, बिपी प्रतिष्ठानकी सीता सापकोटा, जन सम्पर्क समितिका अध्यक्ष सुवास जोशी, प्रवासी नेपाली मंचका अध्यक्ष अर्जुन गुरुङ, जन प्रगतिशील मंचका अध्यक्ष चित्र सुबेदी, जन प्रगतिशील मंचका अध्यक्ष प्रेम पाठक, नेपाली एकता समाजका अध्यक्ष बालकृष्ण कंडेलले आफ्ना भनाई राख्नु भएको थियो ।

त्यसैगरी राप्रपा प्रवासी संगठनका महासचिब दीपेन्द्र केसी, टाक्स फोर्स का सदस्य गंगाधर गौतमका साथै बेल्जियम स्थित विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले एनआरएन बिषयमा आफ्ना भनाईहरु राखेका थिए।

साधारणसभाको खुला सत्र अन्तर्गतको कार्यक्रममा सम्पूर्ण सहभागी हरुलाई स्वागतार्थ सस्थाको तर्फबाट उपाध्यक्ष गोपाल सिंखडाले स्वागत मन्तव्य राख्नु भएको थियो। राष्ट्रिय गान सहितको धूनबाट कार्यक्रमको सुरुवात गरिएको थियो ।

दुई चरणमा सम्पन्न कार्यक्रम अन्तर्गत दोश्रो सत्रमा एनआरएन बेल्जियमका महासचिब माधब सापकोटाले प्रस्तुत गरेको प्रतिबेदन केहि शंसोधन सहित तथा कोषाध्यक्ष नरहरी सापकोटाद्वारा प्रस्तुत आर्थिक प्रतिबेदनलाई सभाले पारित गरेको थियो ।