८ कार्तिक २०८३, आइतबार

कांग्रेसमा कोइराला ब्रदर्शको बचनले हल्लीखल्ली, ओलीलाई पनि झट्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Koirala-sashanka-sekhar

काठमाडौं, २२ चैत । कांग्रेसभित्र अनौठो एकता र गठबन्धनमा सहभागी पार्टीहरुबीच विवाद सुरु भएपछि सत्ताको खेल नयाँ ढंगले अगाडि बढ्ने देखिएको छ ।

कांग्रेसमा कोइराला ब्रदर्शले संसदीय दलको नेता बनाउने मात्र होइन, प्रधानमन्त्री बनाउने वचन दिएको बुझिन्छ ।

महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइरालाले देउवालाई प्रधानमन्त्री बन्न सघाएर पार्टीको कमाण्ड अघोषित रुपमा हातमा लिने र सरकारमाथि पनि नियन्त्रण गर्ने रणनीति बनाएका छन् ।

उनीहरुको यो रणनीतिसँगै प्रधानमन्त्री बन्न आतुर पार्टी सभापति शेरबहादुर देवाको स्थिति सुदृढ भएको छ । यतिले मात्र देउवा प्रधानमन्त्री बन्नेवाला छैनन, उनलाई छिमेकी मित्रराष्ट्र भारतको दह्रो आशिर्वाद भएको जगजाहेर छ ।

दक्षिणको आशिर्वाद पनि देउवालाई प्रधानमन्त्री बनाउन पर्याप्त हुने छैन । यसका लागि चाहिन्छ सत्ता गठबन्धनभित्र झगडा ।

र, देउवाका लागि खुशीको खबर छ गठबन्धनभित्र झगडा सुरु भएको छ । भारत जानु अघि र चीनबाट फर्कनासाथ केपी ओलीलाई राप्रपा नेता लोकेन्द्रबहादुर चन्दले धम्की दिंदै भने, ‘मेरो चिठीको निर्णय के भयो ? काम गर्नुहुन्छ की हुन्न ? सरकारबाट फिर्ता हुनुपर्यो ?’ चदले दिएको चिठी मन्त्री नियुक्त गर्ने विषयको हो ।

पार्टी अध्यक्ष बनेका चन्दले आफ्ना छोरा सांसद जयन्त चन्दलाई मन्त्री बनाउन ओलीलाई औपचारिक चिठी पटकपटक लेखेका थिए ।

उनले त्यस्तो चिठी दुईतीनवटा पठाइसकिएको बुझिन्छ । चन्दका चिठी ओलीले रद्दीको टोकरीमा हालिदिने गरेको आरोप चन्दको छ ।  साँघु साप्ताहिकमा खबर छ ।