काठमडौं, २२ चैत । जीवनभर परख गरेको सिद्धान्त र पार्टीलाई भत्किएको घरको संज्ञा दिँदै नयाँ पार्टी बनाउन जोडतोडका साथ लागिपरेका बाबुराम भट्टराईलाई पछ्याउँदै धेरै एमाओवादी नेता तथा कार्यकर्ताले भट्टराईलाई साथ दिएका छन् ।
एमाओवादीमा रहँदा बाबुरामलाई साथ दिँदै आएका केही भने अझै पनि एमाओवादीमै छन् । साँघु साप्ताहिकले समाचार छापेको छ ।
विगतमा बाबुरामलाई सघाएका यी अनुहारले के बाबुरामलाई चटक्कै छाडिसकेका हुन् त ? धेरैले यस्तो प्रश्न गरिरहेका बेला एमाओवादीभित्र बाबुरामले केही सुराक परिचालन गरेको र उनीहरू कुनै पनि बेला नयाँ शक्तिमा जाने चर्चा छ ।
स्रोतका अनुसार, बाबुराम एमाओवादीमा रहँदा उनलाई नजिकबाट सघाएका धेरै नेतासँगै गएका भए केही नेता तथा सांसद भने अझै पनि एमाओवादीमै बसिरहेका छन् । उनीहरूएमाओवादीमा गतिविधिमै औचापरिक रुपमा संलग्न रहेको देखिए पनि भित्रभित्रै भने पेरिस डाँडामा बसेर एमाओवादीकै सुराक गरिरहेको रिपोर्ट ‘प्रचण्ड दरबार लाजिम्पाट’मा पुगेको खबर छ ।
स्रोतका अनुसार, ज्यूज्यान एमाओवादीमा भएपनि मनचित्त भने बाबुराममा रहेका नेतामा व्यवस्थापिका संसदका र एक समितिको सभापतिसमेत रहेका प्रभु साह अग्रपंक्तिमा छन् ।
एमाओवादीको समानुपातिक कोटाबाट सांसद बनेका भक्ति पाण्डे पनि बाबुरामको खास मान्छे मानिन्छन् । पाण्डे बाबुरामका सहयोगी विश्वदीप पाण्डेका बाबु हुन् । एमाओवादीभित्र पाण्डेलाई पनि नयाँ शक्तिमा जान सभासदले अड्काएको विश्लेषण गर्दै बाबुरामको सुराकीको रुपमा हेर्ने गरिएको छ ।
नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रवीन्द्रप्रताम शाहले पनि बाबुरामप्रति सहानुभूति राखेको आरोप छ ।















प्रतिक्रिया